सुदूरपश्चिम महोत्सवमा थेगी नसक्नु भिड, दिउँसै एक लाखबढी दर्शक

  शनिबार ३०, मङि्सर २०८० १५:५७

धनगढी। आज सुदूरपश्चिम महोत्सवमा दर्शकको घुइँचो लागेको छ।आज दिउँसो मात्रै एक लाख बढीले महोत्सव अवलोकन गरेको आयोजक कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए।

आज शनिवार महोत्सवको नवौँ दिन सबैभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको उनले बताए। महोत्सव जान हिडेका कतिपय दर्शकले टिकट नै नपाएको बताएका छन्। दर्शकको घुइँचोले महोत्सवस्थल प्रबेश गर्न पनी कठिनाई भैरहेको छ।

महोत्सवमा भिड बढेको हुँदा आयोजकलाई ब्यवस्थापन गर्न हम्मेहम्मे भएको छ। आज शनिवार बिदाको दिन भएकाले महोत्सव अवलोकन गर्नको भिड बढेको अध्यक्ष कुँवरले बताए।

महोत्सवलाई केही दिन अझै थप गर्न विषयमा छलफल भइरहेको उनको भनाई छ। मंसिर २२ गतेदेखि सुरू भएको महोत्सव पुस २ गतेसम्म चल्ने बताएको छ।

clock शनिबार ३०, मङि्सर २०८० १५:५७

प्रतिक्रिया