डाक्टर केसीको सत्याग्रह बिरुद्ध विरोध

  शनिबार ३०, मङि्सर २०८० १५:१९

धनगढी । डाक्टर गोविन्द केसीको सत्याग्रहको धनगढीमा विरोध भएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले धनगढीको पार्कमोडमा डाक्टर केसी विरुद्ध नाराबाजी तथा विरोध कार्यक्रम गरेका हुन् ।

उनीहरुले डाक्टर केसी मुर्दाबाद, विदेशीहरुको दलालको संज्ञा, केसीले भ्रमको खेती गरेको र युवा विद्यार्थी विदेशमा बेची लगायतका नारा लगाएका थिए । 

डाक्टर केसीले दुई बुँदेमाग सहित हिजोदेखि धनगढीमा सत्याग्रह शुरु गरेका थिए ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने माग पनि उनले अघि सारेका छन्।

डाक्टर केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधि पाइने सुनिश्चित गर्ने माग राखेका छन्।

चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि सम्झौता भएबमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्ने माग अगाडि सारेका छन्।

clock शनिबार ३०, मङि्सर २०८० १५:१९

प्रतिक्रिया