कहाँ, कस्तो छ आजको मौसम ?

  शनिबार ३०, मङि्सर २०८० ०६:४९

धनगढी । आज सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

आज राति लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम  सामान्यतया सफा रहनेछ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक/दुई स्थानमा हल्का हिमपात हुन सक्छ ।

चिसो दिनदिनै बढिरहेकाले यसबाट जोगिने उपायहरू अपनाउन महाशाखाले सबैलाई अनुरोध पनि गरेको छ । 

clock शनिबार ३०, मङि्सर २०८० ०६:४९

प्रतिक्रिया