पत्रकार महेन्द्र पाण्डेको निधन

  शुक्रबार २९, मङि्सर २०८० ०९:५०

काठमाडौं । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका थिए ।

विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् ।

पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक एवम् गुल्मी नेपाल विद्यार्थी संघका पूर्वसभापति थिए ।

clock शुक्रबार २९, मङि्सर २०८० ०९:५०

प्रतिक्रिया