बेलौरीमा पहिलोपटक किसानलाई परिचयपत्र

  बिहिबार २८, मङि्सर २०८० १२:२१

कञ्चनपुर । कञ्चनपुरको एक पालिकाले किसानलाई परिचयपत्र वितरण गरेको छ। बेलौरी नगरपालिकाले किसानलाई परिचयपत्र वितरण गरेको हो। 

पहिलोपटक बेलौरी नगरपालिकाले किसानलाई परिचय पत्र वितरण गरेको जनाएको छ।बुधबार एक कार्यक्रमबीच् तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरिएको छ।

बेलौरी नगरका मेयर पोतिलाल चौधरीले तीन वडाका ७५ व्यवसायिक रुपमा तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरेको बताए। 

मेयर चौधरीका अनुसार ३, ५ र ९ का तरकारी उत्पादक किसानलाई परिचय पत्र वितरण गरिएको छ। ‘उहाँहरुलाई कृषि शाखा, वडाको सिफारिस मापदण्ड अनुरुप पालिकाले प्रमाणित गरेर किसान परिचय पत्र वितरण गरेको हो, ‘मेयर चौधरीले भने, ‘भावि दिनमा सबै वडाहरुमा किसान परिचान प्रमाणिकरण गरेर परिचयपत्र वितरण गछौँ।’

स्थानीय सहित धनगढी, अत्तरिया, महेन्द्रनगर सहितका बजारमा आफुले उत्पादन गरेको तरकारी बेच्नका लागि सहज गराउने, किसान पहिचान गर्न, उत्साहित गराउन, तरकारी सहजै बिक्रि वितरणका लागि किसानलाई परिचय पत्र वितरण गरिएको मेयर चौधरीको भनाइ छ।

‘उहाँहरुले उत्पादन गरेको तरकारी बेच्न जाँदा व्यवसायीले कहिकतै भारतबाट उच्च रसायन राखेर उत्पादन गरेको तरकारी हो कि भन्ने दुविधा हुने गरेको पाइयो, ‘मेयर चौधरीले भने,‘वास्तविक किसान पहिचान गर्न व्यवसायी तथा उपभोक्तालाई समेत सहज हुनेछ।’

किसान परिचय पत्र पाएपछि बेलौरीका किसान हर्षित भएका छन्। उनीहरुले आफूहरुलाई पालिका सरकारले किसान पहिचान दिएर परिचयपत्र वितरण गरेर सहजता गराइदिएको बताएका छन्। परिचयपत्र वितरण कार्यक्तममा जनप्रतिनिधि, कृषि शाखा सहितका कर्मचारी, किसानको सहभागिता थियो। 

clock बिहिबार २८, मङि्सर २०८० १२:२१

प्रतिक्रिया