महाकाली घाट आजबाट खुल्ने
कन्चनपुर । महाकाली घाट आजबाट खुल्ने भएको छ। कन्चनपुरमा रहेको महाकाली घाटबाट नदिजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता स्विकृत भइसकेकाले आजबाट खुल्ने भएको हो।
काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा घाटको ठेक्का सम्झौता गरेको हो। ठेक्का प्रकृया सकिइसकेकाले आजदेखि महाकाली नदीको घाट खुल्ने भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए।
भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाले संयुक्त रुपमा महाकाली नदीको प्राकृतिक श्रोत नदिजन्य पदार्थ ९ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल आदी० को विक्रि शुल्क संकलन ९रोयल्टी० का लागी ठेक्का खोलेका थिए।
प्रतिक्रिया