कैलालीमा ११ वर्षीया बालिका बलात्कृत
कैलाली । कैलालीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
१३ बर्षिय एक बालकले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
२० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा आज जाहेरी दर्ता भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
स्वास्थय परीक्षण गरेर कानुनी प्रक्रिया अगाडी बढिरहेको उनले बताए ।
प्रतिक्रिया