रायल प्राथमिक स्वास्थ्य चौकी देउरा बझाङका एम्बुलेन्स चालक चरेस सहित पक्राउ

  सोमबार २५, मङि्सर २०८० १४:०३

धनगढी । कैलालीकाे धनगढीबाट बझाङकाे रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्स चालक चरेस सहित पक्राउ परेकाे छ । 
जिल्लाकाे धनगढी उपमहानगरपालिका वडा नम्वर ४ पुरानो यातायात कार्यालय नजिकबाट चरेस सहित एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङ्  केदारस्यु गा.पा.३ दाप्रु बस्ने बर्ष ३७ को  राम ब.खातीले चलाएको सु.प.प्र.०१००१ झ ०५४२ नम्वर एम्बुलेन्स प्रक्राउ गरेकाे हाे । 

एम्बुलेन्सबाट  २ के.जि.८०० ग्राम ला.औ.(चरेश)  फेला पारी बरामद गरेकाे प्रहरीले जनाएको छ।

एम्बुलेन्श र  चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भइरहकाे प्रहरीले जनाएकाे छ ।

clock सोमबार २५, मङि्सर २०८० १४:०३

प्रतिक्रिया