बाजुराका पत्रकार प्रकाश सिंह मानव अधिकार पुरस्कार २०८० बाट सम्मानीत

  आइतबार २४, मङि्सर २०८० १५:१५

बाजुरा । पत्रकार प्रकाश सिंह “मानव अधिकार पुरस्कार २०८०” बाट सम्मानीत भएका छन् । मानव अधिकार दिवको अवसर पारी सिंहलाई राष्ट्रिय मानव अधिकार आयोगले सम्मान गरेको हो । सिंहले नगद ५० हजार पुरस्कार सहीत सम्मान प्राप्त गरेका हुन् ।

बडीमालिका खबरका सम्पादक समेत रहेका सिंह द हिमालय टाइम्समा कार्यरत छन् । दुई दशक देखि पत्रकारितामा सक्रिय सिंह सामाजिक सेवाका काममा पनि सक्रिय छन् ।

पत्रकारिता र समाज सेवा मार्फत मानव अधिकारको संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सिंहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नु भएको हो ।

दुर्गम क्षेत्रमा पत्रकारिता र सामाजिक कार्यको माध्यमबाट मानवअधिकार संरक्षणको योगदान पुर्याएको भन्दै मानव अधिकार पुरस्कार बाट नगद ५० हजार सहित सम्मान गरेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले बताएका छन् । सिंह पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष पनि हुन् । 
 

clock आइतबार २४, मङि्सर २०८० १५:१५

प्रतिक्रिया