डोटीको जोरायलमा पुरुषको शव फेला

  आइतबार २४, मङि्सर २०८० ०८:२०

धनगढी । डोटीमा एक जनाको शव फुला परेको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ स्थित सिद्ध बाबा मन्दिर नजिक खोलामा पुरुषको शव फेला परेको हो। 

वडा अध्यक्ष जगत बहादुर मल्लका अनुसार शनिवार साँझ नाम, ठेगाना वतन नखुलेका पुरुषको शव फेला परेको छ। 

जङ्गलमा घाँस काट्न गएका स्थानीय महिलाले  शव देखेपछि खबर गरेका थिए। वडा सदस्य र स्थानीय प्रहरी घटना गएका थिए। 

clock आइतबार २४, मङि्सर २०८० ०८:२०

प्रतिक्रिया