रूखमा झुन्डिएको अवस्थामा युवती मृत फेला

  शनिबार २३, मङि्सर २०८० १२:१५

बैतडी । बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५ विष्टपाली घर भएकी २१ वर्षीया बिनिता विष्ट मृत फेला परेकी छिन् ।  

शनिबार बिहान घर नजिकैको रूखमा युवती झुन्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार बिनिता आफ्नै घर नजिकैको बैँसको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । 

मृतक विष्टका श्रीमान महेश विष्ट रोजगारीको सिलसिलामा मलेसियामा रहेको बुझिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock शनिबार २३, मङि्सर २०८० १२:१५

प्रतिक्रिया