फूलबारी जेसिजको अध्यक्षमा गिरी सर्वसम्मत निर्वाचित

  शनिबार २३, मङि्सर २०८० ०६:४६

धनगढी । फूलबारी जेसिजको नवौँ शाखा अधिवेशनबाट सुरज गिरी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित पुलवारिमा सम्पन्न भएको महाधिवेशनले सन् २०२४ का लागि अध्यक्षमा गिरी सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्यकारी उपाध्यक्षमा कामदेव ओझा र नन्द गोपाल राना, कानुनी सल्लाहकारमा मनोज चौधरी, महासचिवमा सुशान्त जोशी, कोषाध्यक्षमा दीपक बि.क, उपाध्यक्षहरूमा तेज पडाल, सविन गिरि, शहेन्द्र चौधरी, मनोज पुन निर्वाचित भएका छन् ।

यस्तै सचिवमा नवराज जोशी, शिक्षा संयोजकमा जगदीश घर्ती, तालीम आयुक्तमा रामचन्द्र कार्की र सह कोषाध्यक्षमा चन्द्रा घर्ती निर्वाचित भएको निर्वाचन आयुक्त तथा फूलबारी जेसिजका निवर्तमान अध्यक्ष विष्णुप्रसाद ओझाले बताए ।

सन् २०१५ मा पुलवारिमा सक्रिय युवाहरूले स्थापना गरेको फूलबारी जेसिजले समाजमा विभिन्न किसिमका तालीम तथा कार्यक्रम हरू सञ्चालन गर्दै आएको छ ।

clock शनिबार २३, मङि्सर २०८० ०६:४६

प्रतिक्रिया