विद्यालय नआएको भन्दै ९ वर्षीया छात्रामाथि शिक्षकले गरे निर्घात कुटपिट

  शुक्रबार २२, मङि्सर २०८० ०७:१७

दार्चुला । पश्चिम नवलपरासी सरावल गाउँपालिकामा एक शिक्षकले ९ वर्षीया छात्रालाई घरमै गएर निर्घात कुटपिट गरेका छन्।

जिल्लाको प्रतापपुर गाउँपालिका–४ बस्ने ९ वर्षिया कन्चना राजभरलाई सरावल गाउँपालिका वडा नम्बर ७ बर्गदवामा रहेको बर्दघाट कालिका इङ्ग्लिस स्कुलमा अध्ययनरत ती बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन्।

मङ्सिर १८ गते सोमवारका दिन पढ्न विद्यालय नआएको भन्दै  कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापकसमेत रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेका हुन्। कुटपिटबाट बालिकाको शरीरमा राता राता नील डामहरू बसेका छन्।

बालिकाको घरमा गएरसमेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेको यादवले विद्यालय आएपछि लौरो र लात्तीले प्रहार गरेको अभिभावकले अभिभावकले बताएका छन् ।
घटना पछि विद्यालयमा तालाबन्दी गरिदिएको वडा अध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिनुभयो। शिक्षक यादवले पटक पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको स्थानीयहरूले बताउनुभयो।

विद्यालयका बालबालिकाका कुट्ने काम शिक्षक यादवले पटक पटक गर्दै आएको स्थानियले बताएका छन् । पीडित बालिका राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि मरणासन्न हुने गरी कुटेको बालिकाले बताउनुभयो।

यादवको कुटाइबाट ती बालिका हिँड्न नसक्ने अवस्थामा छिन्। स्थानीयले कुटपिट गर्ने शिक्षक यादवलाई कडा कारबाहीको माग गरेका छन्।

clock शुक्रबार २२, मङि्सर २०८० ०७:१७

प्रतिक्रिया