आजको मौसम : तराईमा हुस्सु र कुहिरो, कोशीका केही स्थानमा पानी पर्ने

  शुक्रबार २२, मङि्सर २०८० ०७:००

धनगढी । नेपालमा हाल पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सरकुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ । 

clock शुक्रबार २२, मङि्सर २०८० ०७:००

प्रतिक्रिया