भिर बाट खसेर बाजुरामा एक जनाको मृत्यु

  बिहिबार २१, मङि्सर २०८० १०:३२

बाजुरा । बुढीनन्दा नगर पालिका वडा नम्बर तिनमा  भिर बाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । 

बडाला नजिकै रहेको  देउपानी मेलामा घास काटन गएको बेला माथी बाट खसेको खसेको ढुङ्गा लागेर बुढीनन्दा नगर पालिका वडा नम्बर ३ का वर्ष  अन्दाजी ३७ बर्षकि धर्मा बिस्टको   मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष जङ्गविर रोकायले जानकारी दिनु भएको छ । 

आज बिहान करिब ८ बजे तिर ढुङ्गा लागेर घाईते भएकी बिस्ट लाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र पुगाउदै गर्दा मृत्यु भएको आफन्तले बताएका छ्न ।

clock बिहिबार २१, मङि्सर २०८० १०:३२

प्रतिक्रिया