कैलालीको अत्तरियामा अवैैध मदिरा नष्ट

  बिहिबार २१, मङि्सर २०८० ०६:१२

धनगढी । कैलालीको अत्तरियामा अवैध मदिरा नष्ट गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ बाट बरामद गरिएको दुई हजार लिटर अवैध मदिरा नष्ट गरिएको हो।

मालाखेती प्रहरीे, वडाका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधीले बजार अनुगमनका क्रममा तीन घरबाट सो परिणाममा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको हो।

गोदावरी नगरपालिका–१ की ३४ वर्षीया पबित्रा गुरूङ्ग, ३९ वर्षीया तारा थापा र ४१ वर्षीय तिलक गुरूङ्गको घरबाट घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने भाँडा कुडा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ। सोहि वडाका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी र मालाखेती प्रहरीको रोहबरमा मदिरा नष्ट गरिएको हो।

clock बिहिबार २१, मङि्सर २०८० ०६:१२

प्रतिक्रिया