धनगढी ६ लेन सडकमा भारतीय गाडी दुर्घटना

  बुधबार २०, मङि्सर २०८० ०९:११

धनगढी । धनगढी ६ लेन सडकमा भारतीय नम्बरको गाडी दुर्घटना भएको छ।

धनगढी छ लेन सडक खण्डको भाट भटेनी अगाडी भारतीय गाडी गएराति दुर्घटना भई मिडियममा लगाएको तारजाली तोडीएका छन्। 

तारजालीसहित २० वटा पोल भाचेर निकै अगाडि पुगेको गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ। मानवीय क्षति भने भएको छैन्। 

तारजाली तोड्ने भारतीय एम एच ४ सी टी ९६५४ नम्बरको गाडी नियन्त्रणमा लिइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

clock बुधबार २०, मङि्सर २०८० ०९:११

प्रतिक्रिया