अछाममा भिरबाट लडेर एक पुरुषको मृत्यु

  सोमबार १८, मङि्सर २०८० १९:४५

अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–७ का ६२ वर्षीय चन्द्र थापाको सल्लेरी भिरबाट लडेर मृत्यु भएको हो।

भिरबाट लडेर घाइते भएका उनको उपचारलागी धनगढी ल्याउनेक्रममा बिच (डोटी) बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउँदले बताए।

clock सोमबार १८, मङि्सर २०८० १९:४५

प्रतिक्रिया