टीकापुरबाट लागुऔषधसहित तीन जना पक्राउ

  सोमबार १८, मङि्सर २०८० १९:४३

धनगढी । कैलालीको टीकापुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। 

जिल्लाको टीकापुर नगरपालिका–१ बनगाउँबाट आइतवार साँझ ८ सय ८० मिलिग्राम लागुऔषधसहित सोही नगरपालिका–३ शंकरपुरका २५ वर्षीय कमल श्रीपाईली समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरूलाई लागुपदार्थसहित पक्राउ गरेको जनाएको छ।

clock सोमबार १८, मङि्सर २०८० १९:४३

प्रतिक्रिया