कैलालीको अत्तरीयाबाट लागु औषध सहित २ जना पक्राउ

  सोमबार १८, मङि्सर २०८० १४:५७

धनगढी । कैलालीकाे अत्तरीयाबाट लागु औषध सहित २ जना पक्राउ परुका छन ।

जिल्लाकाे गाेदावरी नगरपालिका वडा नम्वर १ बरपिपल गल्लिबाट २ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा गाेदावरी नगरपालिका ३ बस्ने २९ वर्षिय भरत ब.खत्री र वडा नम्वर ०१ बस्ने २५ वर्षिय बिकाश कट्टेल रहेका छन् ।

उनिहरुकाे साथबाट प्रहरीले ५ ग्राम २५० मिली ग्राम लागु औषध बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय कैलाली जनाएकाे छ ।

 उनिहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतिमा राखेर अनुसन्धान भईरहेकाे प्रहरीको भनाई छ  

clock सोमबार १८, मङि्सर २०८० १४:५७

प्रतिक्रिया