डडेल्धुराको बसपार्क नजिक एक व्यापारी मृत फेला

  सोमबार १८, मङि्सर २०८० १०:२४

डडेल्धुरा । डडेल्धुरा बसपार्क नजिक एकजना मृत फेला परेका छन् । बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका संचालक ३५ वर्षीय शेर शाहु मृत फेला परेका हुन्।

फ्रेस हाउसको तल्लो तलामा उनको डेरा रहेको र शाहु आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए। 

घटनाको थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी रहेको डिएसपी कार्कीले बताए।  मृत फेला परेका शाहुको घर अजयमेरु गाउँपालिका वडा नम्बर ३ चनाली हो। 

clock सोमबार १८, मङि्सर २०८० १०:२४

प्रतिक्रिया