दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

  सोमबार १८, मङि्सर २०८० ०९:१६

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–४ रातामाटास्थित दवलपाती भीरबाट लडेर महिलाको मृत्यु भएको छ । 

आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय ५५ वर्षीया तुलसी पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

रातामाटास्थित देवपाती भीरमा घाँस काट्ने क्रममा लडेर पाठकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

ती महिला करिब ६० मिटर तल खसेकी थिइन् ।

प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

clock सोमबार १८, मङि्सर २०८० ०९:१६

प्रतिक्रिया