कैलालीको अत्तरियाबाट लागुऔषधसहित तीन जना पक्राउ

  सोमबार १८, मङि्सर २०८० ०९:१३

अत्तरिया । कैलालीको अत्तरियाबाट लागुऔषधसहित आइतवार साँझ तीन जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–१ धनगढी रोडबाट सोहि ठाउँका २२ वर्षीय चन्द्र महता, गोदावरी नगरपालिका(५ का २५ वर्षीय गोकुल श्रेष्ठ र धनगढी उपमहानगरपालिका–१३ का २९ वर्षीय मेघराज बुढाथोकी पक्राउ परेका हुन् ।

उनीहरुलाई लागुऔषध खरिद बिक्री गरिरहेको अवस्थामा १४० मिलीग्राम लागुऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

clock सोमबार १८, मङि्सर २०८० ०९:१३

प्रतिक्रिया