चार प्रदेशका यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  बुधबार १३, मङि्सर २०८० ०६:३९

काठमाडौं । हाल देशको कोशी प्रदेशलगायत पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । 

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

clock बुधबार १३, मङि्सर २०८० ०६:३९

प्रतिक्रिया