कैलालीको बल्चौरमा जिपको ठक्करबाट साइकल यात्रीको मृत्यु

  बुधबार १३, मङि्सर २०८० ०६:३५

धनगढी । कैलालीमा जिपको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा सुदुरपश्चिम प्रदेश ०१–००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साईकलयात्री सोही नगरपालिका बादीटोलका ५९ वर्षीय कर्णबहादुर वादीको मंगलवार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लाल रत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

clock बुधबार १३, मङि्सर २०८० ०६:३५

प्रतिक्रिया