जीर्ण बन्दै ९ करोड खर्चिएको महेन्द्रनगरको सीटी हल

  बुधबार १३, मङि्सर २०८० ०६:२२

कञ्चनपुर। तत्कालीन महेन्द्रनगर नगर विकास समितिले करिब ९ करोड लगानीमा निर्माण गरेको सभागृह सञ्चालन नहुँदा जीर्ण बन्दै गएको छ ।

रंग रोगन गरेर चिटिक्क पारिएको बडेमानको यो भवनले भीमदत्तको नेतृत्वलाई गिज्याइरहेको छ । 

सीटी हलका नामले चर्चित सभागृह अलपत्र छोड्दा मौलाउँदै गएको सरकारी ढुकुटीको दुरुपयोग गर्ने प्रवृत्तिलाई उजागर गरेको छ । 

नगर विकास समिति विघटन भएर नगरपालिका मातहत आएपछि सञ्चालनको जिम्मेवारी भीमदत्त नगरपालिकाको काँधमा छ । 

वि.सं. २०६५ सालदेखि निर्माण सुरु भएको सभागृहको काम सकिन एक दशक समय लागेको थियो । श्याम सुन्दर गौरी पार्वती निर्माण कम्पनीले ठेक्का पाएको सभागृहले ५ विघा क्षेत्रफल जमिन चर्चेको छ । 

सभागृह सञ्चालनमा भीमदत्तको कर्मण्यताले सरकारी लगानी बालुवामा पानी खन्याए जस्तै भएको छ । एक हजार बढी मानिस अटाउन सक्ने क्षमताको सभागृह सञ्चालनमा नआउँदा कुनै ठूलो कार्यक्रम गर्नुपरे होटेल, पार्टी प्यालेस र सार्वजनिक स्थल खोज्नुपर्ने बाध्यता छ । 

ठूलो लगानी खर्चेर निर्माण भएको भौतिक संरचना निर्माणताको उद्धेश्यअनुरुप सञ्चालनमा ल्याउनका लागि पहलकदमी लिन जरुरी छ ।

clock बुधबार १३, मङि्सर २०८० ०६:२२

प्रतिक्रिया