कैलालीको गोदावरी सामुदायिकमा डोटीकी महिला मृत फेला

  बुधबार १३, मङि्सर २०८० ०६:०८

धनगढी । कैलालीमा एक महिला मृत अवस्थामा भेटिएकी छन् ।

गोदावरी नगरपालिका–४ मा रहेको गोदावरी सामुदायिक वनमा डोटीको शिखर नगरपालिका–५ की ७० वर्षीया ईश्वरीदेवी ओझा मृत भेटिएकी हुन् ।

उनी धनगढी उपमहानगरपालिका–८ मा बस्दै आएकी थिइन् । ओझा मृत भेटिएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock बुधबार १३, मङि्सर २०८० ०६:०८

प्रतिक्रिया