धनगढी उपमहानगरले किन्यो थप ३ ब्याको लोडर र ६ टिप्पर

  मङ्गलबार १२, मङि्सर २०८० ०७:५९

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ ३ ब्याको लोडर र ६ वटा टिप्पर खरिद गरेको छ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा खोलानाला तालहरूमाथि भएको अतिक्रमण हटाउन, पुनर्भरण पोखरी निर्माण र १९ वडाका ग्राभेल गर्नुपर्ने सडकहरूमा ग्राभेल गर्नका लागि लोडर टिप्पर खरिद गरेको हो।

उपमहानगरपालिकासँग २ पुरानो र ५ नयाँ गरी ७ वटा ब्याको लोडर तथा ३ पुरानो, ८ नयाँ गरी जम्मा ११ वटा टिप्पर रहेको नगरप्रमुख गोपाल हमालले बताए।

उनका अनुसार उपमहानगरपालिकाद्वारा व्याको लोडर र टिप्पर उपलब्ध गराई वडाबाट गाडीको इन्धन, रोयल्टी र चालक खाना उपलब्ध गराएर १९ वटैमा ग्राभेल भइरहेको छ।

clock मङ्गलबार १२, मङि्सर २०८० ०७:५९

प्रतिक्रिया