मुनिर माथि अनुसन्धान गर्न ७ दीनको म्याद थप, प्रहरीमा नयाँ नयाँ जाहेरी पर्दै

  मङ्गलबार १२, मङि्सर २०८० ०६:४३

धनगढी ।  धनगढीका शेख मुनिर अहमदलाई प्रहरी ७ म्याद थप गरी अनुसन्धानलाई अगाडि बढाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयबाट पक्राउ परेका उनीमाथि नयाँ जाहेरीहरू पर्न थालेपछि म्याद थप गरेर अनुसन्धान लाई अगाडि बढाएको हो ।

मुनिरबाट पीडित धनगढीका भोजराज विकले आर्थिक लेनदेनका आधारमा जाहेरी दर्ता गरेपछि प्रहरीले सार्वजनिक मुद्दा अन्तरगत कारबाही अगाडी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शेख मुनिरलाई थप थुनेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । प्रहरीका अनुसार उनी विरुद्ध दर्जनौँ मुद्दाहरू जिप्रका कैलालीमा दर्ता भएका छन्। 

उनी विरुद्ध प्रहरीमा कब्जा, ठगी, मिटर व्याज, जग्गा हडपेको, चेक अनादर,अभद्र व्यवहार लगायतका मुद्दा रहेको बताइएको छ । केही समयअघि उनी धनगढीकै मुस्लिम समुदायमा दङ्गा गराएको आरोपमा पक्राउ पर्ने भएपछि भागेर लुक्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीले मुनिरबाट पिडित नागरीकहरुलाई जाहेरी दीन समेत अनुरोध गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनुवा कक्षमा राखिएको छ। 

clock मङ्गलबार १२, मङि्सर २०८० ०६:४३

प्रतिक्रिया