महेन्द्रनगरमा सालिक तोड्ने राजावादीहरु विरुद्ध मुद्दा

  आइतबार १०, मङि्सर २०८० १९:३७

कञ्चनपुर । शहीद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा समातिएका पूर्वपञ्चहरुको पार्टी राप्रपाका १८ जना नेता(कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको छ ।

महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक अपराधको मुद्दा दायर गरेको हो । 

शुक्रबार गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै महेन्द्रनगरमा रापप्राका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । त्यसक्रममा उनीहरुले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए ।

उक्त तोडफोडमा संलग्न १८ जना राप्रपाका कार्यकर्ता भएको प्रहरीको भनाइ छ ।

clock आइतबार १०, मङि्सर २०८० १९:३७

प्रतिक्रिया