धनगढीका शेख मुनिर प्रहरीको नियन्त्रणमा

  आइतबार १०, मङि्सर २०८० १९:१२

धनगढी । कैलालीस्थित धनगढीका शेख मुनिर अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख देवेन्द्रबहादुर पालका अनुसार उनी जिल्ला प्रशासन कार्यालयबाट आइतवार पक्राउ परेका हुन्।

पालका अनुसार उनी पुरानो मुद्दाको बयानका लागि जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका थिए। गाडी कब्जा गरेको अभियोग लागेका अहमद बयानका लागि जिल्ला प्रशासन कार्यालय, कैलालीमा हाजिर भएका थिए। बयानपछि जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले उनलाई नियन्त्रणमा लिएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनुवा कक्षमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा उनी विरुद्ध पुराना मुद्दाहरु छन्। पुराना मुद्दाको फाइलहरु खोल्न सुरु गरेको पालले बताए। 

उनले अन्य पीडितहरूलाई समेत जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क गर्न भनेका छन्। उनीविरुद्ध कैलाली प्रहरीमा कब्जा, ठगी, मिटर व्याज, जग्गा हड्पेको, चेक अनादर, अभद्र व्यवहार लगायतका पुराना मुद्दाहरू छन्।

clock आइतबार १०, मङि्सर २०८० १९:१२

प्रतिक्रिया