राप्रपा कञ्चनपुरले गर्‍यो बजार बन्द

  शनिबार ०९, मङि्सर २०८० १३:२६

कञ्चनपुर । किसान नेता भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्नलाई निःसर्त छाड्नुपर्ने माग गर्दै राप्रपा कञ्चनपुरले शनिबार महेन्द्रनगर बजार बन्द गराएको छ । बन्दका कारण बजार क्षेत्र पूर्ण रुपमा बन्द गरिएको छ । यातायातका सवारीसाधन भने फाटफुट रुपमा चलेका छन् । 

राप्रपा कञ्चनपुरले शुक्रबार राजतन्त्र र हिन्दु धर्मका पक्षमा महेन्द्रनगरमा र्‍याली निकालेको थियो । सोही क्रममा पार्कमा रहेको पन्तको शालिक तोडफोड भएको हो । तोडफोडमा संलग्न १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘हाम्रा नेता कार्यकर्ताका निःसर्त रिहाइको लागि बन्द गरिएको हो, आज रिहाइ नभए भोलि ९आइतबार० देखि अनिश्चितकालीन सुदूरपश्चिम बन्द गर्छौ,’ राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले भने ।

clock शनिबार ०९, मङि्सर २०८० १३:२६

प्रतिक्रिया