धनगढी ६ काे सरस्वती सामुदायिक वनमा एक महिलाको शव फेला

  शुक्रबार ०८, मङि्सर २०८० १७:३६

धनगढी। कैलालीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको धनगढी उप–महानगरपालिका– ६ स्थित सरस्वती सामुदायिक वनमा प्रहरीले शव मंसिर ६ गते (बुधवार) फेला पारेको हो।


नाम, थर र वतन नखुलेको अन्दाजी ३० वर्षीया महिलाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ।

clock शुक्रबार ०८, मङि्सर २०८० १७:३६

प्रतिक्रिया