धनगढीका ४ वडामा एकीकृत मोबाइल एप सुरु

  शुक्रबार ०८, मङि्सर २०८० १०:२४

धनगढी । धनगढी उपमहानगरपालिकाका ४ वडामा एकीकृत मोबाइल एप सुरु भएको छ । जिआईजेटको सहयोगमा धनगढीका ३, ११, १६ र १८ मा एकीकृत मोबाइल एप सुरु भएको हो ।

एपमा स्थानीय सरकारबाट सम्प्रेषित सम्पूर्ण सूचनाको जानकारी, घरबाटै नगरवासीले आफ्नो समस्या तथा गुनासो सिधै जनप्रतिनिधीसंग राख्ने, आफ्ना व्यक्तिगत कागजातहरु् अपलोड गरी भण्डारण गर्न सक्ने जिआईजेटका जीवन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पालिकाले कुनैपनी समयमा जो कोहीको लागि कागजातहरूको डिजिटल प्रतिलिपि उपलब्ध गराउन सकिने र पालिकाका सम्पूर्ण वेबसाइटको विवरणका बोरेमा एकीकृत रूपमा जानकारी पाइने । 

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले पालिकालाई प्रविधिमैत्रि बनाउन पहल भईरहेको बताइन् । उनले उपमहानगरबाट प्रबाह हुने सेवाका बारेमा सेवा ग्राहीले घरबाटै जानकारी लीन सक्ने व्यवस्था गर्न लागेको बत्ताइन् ।

उपप्रमुख रानाले पालिकाबाट पाउने सेवासुबिधाका बारेका जानकारी, पालिका र वडाबाट जारी गरिने सूचना र सेवा ग्राहीले सेवाका बारेमा गुनासो गर्न सक्ने गरी प्रविधिको विकास गर्न लागि परेको बत्ताइन् ।

 

clock शुक्रबार ०८, मङि्सर २०८० १०:२४

प्रतिक्रिया