प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुखमा देउवा

  शुक्रबार ०८, मङि्सर २०८० ०६:१९

धनगढी । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ।

आज बिहीवार उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा काज गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जसमा एसएसपी दिलिपसिंह देउवालाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा पठाइएको छ। 

उनी त्यहाँको प्रमुखको रुपमा पठाइएका हुन्। यसअघिका त्यहाँका प्रमुख योगबहादुर पाल विवादमा तानिएर उनले राजीनामा दिएपछि देउवा आएका हुन्।

clock शुक्रबार ०८, मङि्सर २०८० ०६:१९

प्रतिक्रिया