शुक्लाफाँटाकी नारु देवीको हत्यामा संलग्न सार्वजनिक

  बिहिबार ०७, मङि्सर २०८० १३:५१

कन्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ मा नारु देवी जोशीको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।सोही ठाउँका महेश डगौरालाई बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

कात्तिक १९ गते ६५ वर्षिया नारु देवी जोशीको वातावरण मध्यवर्ती सामुदायिक वनमा शव फेला परेको थियो ।  घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी नारु देवीको हत्यामा संलग्न साईकल चोर रहेको खुलासा भएको छ ।

१४ कार्तिकमा झलारीका महेश भट्टको साईकल चोर्ने शुक्लाफाँटा नगरपालिका ७ कै महेश डगौराले नै नारुदेवीको हत्या गरेको खुलासा भएको हो । नारुदेवीको हत्या गरेकै दिन डगौराले एक भारतीय नागरिकबाट समेत २ सय ५० रुपैया लुटपाट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले विभिन्न कोणबाट अनुसन्धान गर्दै जादा साईकल चोर, भारतीय नागरिकलाई लुटबाट गर्ने महेश डगौराले नै नारुदेवीको हत्या गरेको स्वीकार गरेको बताए ।

लागु औषधका प्रयोगकर्ता समेत रहेका डगौराले नारुदेवी एक्लै घाँस काटन जंगल जाने क्रममा भेटाएर पिछा गर्दै गएको र आफुले घाँस काटिदिन्छु साच्चिकै गहना सक्कली नै हो भनेर सोधपुछ गरेर घाँटी च्यापेर हत्या गरेको एसपी थापाले बताए । बृद्ध महिलाको हत्या पछि लुटपाट गरेको सुन बिक्रिका लागि महेश कैलालीको धनगढी गएको प्रहरीको अनुसन्धानबाट खुलेकोछ ।

‘हत्या गरेकै दिन महेशले बोराडाँडी भाटभटेनी नजिक एलएक्स क्लबका संचालक कैलाली गाँउका लक्ष्मण चौधरीको डेरामा गएर सुनबिक्रिका लागि छलफल गरेको देखिन्छ, ‘एसपी थापाले भने, ‘कान, नाकका लगाका तीन थान गहना तीन पसलमा बेचेको देखियो ।’

महेश २० कार्तिक मै धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बई ब्याङलोर भागेका थिए । प्रहरीले विभिन्न व्यक्तिसंग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर १ मंसिरमा पक्राउ गरेको थियो ।

सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीसंग सोधपुछ गर्दा धनगढी स्थित ईन्द्र बराल (सुनार) ले संचालन गरेको न्यू बर्दादेवी सुनचाँदी पसल, खगेन्द्र बहादुर सोबले संचालन गरेको दिया सुनचाँदी पसल र दिपेन्द्र सिजापतीले संचालन गरेको सुजल सुनचाँदी पसलमा बिक्रि गरेको खुलेको हो ।

लक्ष्मण चौधरीले आफ्नो साथी निरज भट्टलाई सुन बिक्रिका लागि तीनै पसलमा लगेका थिए । तीनै पसलमा ४६ हजारको सुन बेचेका थिए ।

१.५० आनाको फुली,१.६९को मुन्द्रा र २.७००को अर्के मुन्द्रा लुटपाट भएको थियो । नारुदेवीको हत्यारा महेश डगौराले सहकर्मी लक्ष्मण चौधरी, निरज भट्टलाई सुन बिक्रिका लागि पठाएको र तीनै सुनचाँदी पसल धनीहरुलाई फन्दामा पारेका छन ।

नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुनबेच्न जाने लक्ष्मण चौधरी, निरज भट्ट र सुन किन्ने ईन्द्र बहादुर बराल, खगेन्द्र सोब र दिपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ ।

सुनचाँदी पसलधनीहरुले लक्ष्मण चौधरी र निरज भट्टले आफुहरुसंग श्रीमती बिरामी भएकाले ईर्मेरजेन्सीमा सुन बेच्न आग्रह गरेपछि सुन किनिदिएको बताए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले पाँच जना बिरुद्धमा फरक फरक मुद्दा आकर्षित हुने बताए ।

महेश डँगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार, सुन पसलधनीहरु बिरुद्धमा गैर कानुनी सुन खरिद बिक्रिको मुद्दा लगाउने तयारी गरेको छ । उक्त घटनाको प्रहरी निरीक्षक ईश्वर थापा अनुसन्धान अधिकृत रहेका छन ।

clock बिहिबार ०७, मङि्सर २०८० १३:५१

प्रतिक्रिया