दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते

  बिहिबार ०७, मङि्सर २०८० १३:२८

दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम खलंगाबाट काटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जीप महाकाली नगरपालिका-३ काटैस्थित खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आज बिहान दार्चुलाको दल्लेख सडकखण्डको काटै खोलामा जीप दुर्घटना हुँदा ६जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

महाकाली नगरपालिका ५ मोहती बस्ने वर्ष ३३ कि रमिता भट्ट, महाकाली नगरपालिका काटै बस्ने वर्ष ७२ कि विरादेबी भट्ट,महाकाली नगरपालिका बुडिचौरा बस्ने वर्ष ६८ कि मानमतिदेवी बडू घाइते भएका छन्।

यस्तै, महाकाली नगरपालिका-४ बस्ने वर्ष ३५ कि यसोदा अवस्थी, महाकाली नगरपालिका(२ बुडीचौरा बस्ने वर्ष ७० कि उजलीदेवी फराल, र महाकाली नगरपालिका-२ झुस्कु बस्ने वर्ष ४८ का देबदत्त भट्ट घाईते रहेको सिंहले जानकारी दिए।

जीप सडकमा पल्टिएको बताइएको थियो। प्रहरीले जीप चालक हरकसिह नगाललाई नियन्त्रणमा लिएको छ। घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

clock बिहिबार ०७, मङि्सर २०८० १३:२८

प्रतिक्रिया