बल्खुमा दुर्गा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच झडप

  बिहिबार ०७, मङि्सर २०८० १२:५६

काठमाडौँ । काठमाडौंको बल्खुमा नेकपा (एमाले) को भातृ संगठन युवा संघका कार्यकर्ता र व्यवसायी दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ।

एमाले कार्यकर्ता बल्खुमा पुगेपछि दुवै पक्षबीच झडप भएको हो। झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रमस्थलमा जान भनेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंका लागि बल्खु र युवा संघका लागि तीनकुनेमा प्रदर्शनस्थल तोकिदिएको छ।

बिहीबार बिहानैदेखि काठमाडौंका तीनकुने र बल्खु क्षेत्रमा सवारीको आवागमन बन्द गरिएको छ।

बल्खुमा दुर्गा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच झडप

clock बिहिबार ०७, मङि्सर २०८० १२:५६

प्रतिक्रिया