कञ्चनपुरको कृष्णपुरमा बेवारिसे शव भटियो

  बिहिबार ०७, मङि्सर २०८० ०६:४१

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक जनाको शव बेवारिसे अवस्थामा भेटिएको छ ।

कृष्णपुर नगरपालिका–४ को समैजी सामुदिक वनको सिस्‍ने खोलामा पानीमा डुबेको अवस्थामा बुधबार साँझ बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ ।

अन्दाजी ६०÷६५ वर्षको जस्तो देखिने पुरूष व्यक्तिको शवको पहिचान भएको छैन । उनलाई चिन्ने व्यक्तिलाई नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

clock बिहिबार ०७, मङि्सर २०८० ०६:४१

प्रतिक्रिया