बैंक एकाउन्ट 'ह्याक' गर्ने गिरोह धनगढीमा पक्राउ
धनगढी । कैलाली प्रहरीले बैंक एकाउन्ट 'ह्याक' गर्ने गिरोहलाई धनगढीबाट पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयनै व्यवस्थापन गरि बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधबार कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेहरुको परिचय अहिले खुल्न सकेको छैन् ।
प्रहरी सहायक निरीक्षक अनिल विष्टले लामो अनुसन्धानपछि यी गिरोहलाई पक्राउ गर्न सफल भएको धनगढी खबरलाई बताए । पक्राउ परेका व्यक्तिहरुबाट १० वटा ल्यापटप बरामद गरिएको उनले बताए । उनीहरुमाथि सोधपुछ भइरहेको उनको भनाई छ ।
प्रतिक्रिया