डोटीमा बालिकामाथि सामूहिक कुकर्म, ३ जना पक्राउ

  बुधबार ०६, मङि्सर २०८० १४:५३

डोटी । डोटीमा एक किशोरीमाथि सामूहिक करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

जिल्लाको बडिकेदार गाउँपालिका-२ का तीन युवक सामूहिक करणीको आरोपमा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका- २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी रहेको डोटी प्रहरीले जनाएको छ।

उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीय किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ। 

घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनै जनालाई सोही दिन प्रहरीले नियन्त्रणमा हो।

clock बुधबार ०६, मङि्सर २०८० १४:५३

प्रतिक्रिया