कैलालीको टीकापुरमा सञ्चालित खाद्य गोदाममा धान बेच्ने किसानको चेक नसाटिँने समस्या

  बुधबार ०६, मङि्सर २०८० १४:४१

धनगढी। कैलालीको टीकापुरमा सञ्चालित खाद्य गोदाममा धान बेच्ने किसानको चेक नसाटिँने समस्या देखीएको छ। खाद्य गोदामहरुमा धान बेच्न आउने किसानलाई नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बैकिङ प्रणालीमार्फत उपलब्ध गराएको चेक मार्फतको भुक्तानी गर्न किसानलाई समस्या भएको हो।

टीकापुर धान खरिद डिपोमा अहिलेसम्म ४ हजार क्विन्टलभन्दा बढी धान किसानबाट खरिद भइसकेको र धान खरिद कार्य जारी रहेको हो । सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ निर्धारण गरेको छ । सरकारले निर्धारण गरेकै दरमै धान खरिद हुन थालेपछि सुखी भएका किसान धान बिक्रीपछि दिएको चेक नसाटिँदा समस्या भएको उनीहरुले बताएका छन् ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कार्तिक १९ गतेदेखि धान बिक्री गरेका किसानलाई चेकमार्फत भुक्तानी दिने गरेको छ।तर समयमा चेक नसाटिने समस्याले किसान पीडित बनेकोटीकापुर नगरपालिका–३, शंकरपुरका किसान तिर्थराज जोशीले बताए। उनले बिक्री गरेको धानको चेक देखाउँदै नसाँटिएको बताए। धानको मूल्य सरकारले तोकिएकै दररेटमा पाएपनी चेक नसाँटीदा समस्या झेल्नु परेको उनले बताए ।

कम्पनीले एक किसानबाट वडाको सिफारिसका आधारमा ३० क्विन्टलसम्म धान गरिद गरिरहेको छ। सोही आधारमा चेकमार्फत भुक्तानी गरिरहेको छ। कम्पनीको धान खरिद डिपो कार्यालय टीकापुरले धान बिक्री गरेका केही किसानलाई नेपाल बैंक लिमिटेड टीकापुरको चेक दिएको छ।

यस्तै अधिकांश किसानलाई अहिलेसम्म धान बिक्री गरेको रसिदमात्र दिएको किसानहरु बताउँछन्।चेक पाएका किसानहरु बैंकमा धाउने गरेका छन् । तर चेक नसाँटीदा बिक्री गरेको धानको मुल्य समयमै नपाउँदा आफुहरु मर्कामा परेको र अन्य आवश्यक चाहिने बस्तुहरु खरिद गर्न समस्या भैरहेको उनीहरुले बताएका छन्।

किसानलाई दिइएको चेकमा नाम, रकम लेख्दा केरकार भएको, उक्त स्थानमा गल्तीलाई प्रमाणित नगरेको जस्ता समस्याका कारण बैंकले रकम भुक्तानी नगरेको टीकापुर धान खरिद डिपो कार्यालयका प्रमुख पुष्पराज बजगाँईले बताए। प्रादेशिक कार्यालय धनगढी रहेपनी धान खरिद क्षेत्रको गोदाम टिकापुर मात्रै रहेकोले समस्या भएको बताए।

चेकमा लेखापालले पनि साइन गर्नुपर्ने र चेकको पछाडि अफिसको छाप हुँदा आफ्नो साइनले मात्रै चेक साटिएला जस्तो लागेकाले बैंकले नमानेको बताए। चेक सुधार गरेर किसानहरुको धानको मुल्यको भुक्तानी हुने उनले दावी गरे। यस वर्ष कैलालीका ६ स्थानबाट ६० हजार क्विन्टल धान गरिद गर्ने लक्ष्य नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको छ।

clock बुधबार ०६, मङि्सर २०८० १४:४१

प्रतिक्रिया