कञ्चनपुरका ट्राफिक प्रहरी बोहरालाई उत्कृष्ट ट्राफिक पुरस्कार

  बुधबार ०६, मङि्सर २०८० १३:४४

कञ्चनपुर । कञ्चनपुरका एक ट्राफिक प्रहरी उत्कृष्ट ट्राफिक प्रहरी अवार्डबाट पुरस्कृत भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा कार्यारत ट्राफिक सहायक प्रहरी हबल्दार जगदिश बोहरा ट्राफिक प्रहरी अवार्डबाट पुरस्कृत भएका हुन । 

बोहरालाई नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले बेष्ट ट्राफिक प्रहरी अफ तथा मन्थबाट भएको घोषणा गर्दै पुरस्कृत गरेका छन ।

कार्तिक महिनाको ट्राफिक कार्य सम्पादनमा बोहरा सर्वोत्कृष्ट भएका हुन । उनलाई प्रहरी उपरीक्षक नेत्रमणी गिरीले प्रमाण पत्रका साथै नगद पुरस्कार दिएका थिए । 
रातदिन नागरिकको सुरक्षामा सडकमा खटिने प्रहरीको उत्कृष्ट कार्यको मुल्याङकन गर्दै प्रहरीले बोहरालाई पुरस्कार प्रदान गरेको जनाएको छ । 

ट्राफिक प्रहरी भएर जरिवाना मात्रै नभई नागरिकलाई समेत गराएर दुर्घटनाबाट जोगाउनु समेत राम्रो विषय भएको सर्वसाधारणले विश्लेषण गरेका छन ।

clock बुधबार ०६, मङि्सर २०८० १३:४४

प्रतिक्रिया