बैतडीको पुर्चौडीमा आज र भोलि स्थानीय बिदा

  बुधबार ०६, मङि्सर २०८० ०६:३५

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाले आज (बुधबार) र भोलि (बिहीबार) स्थानीय बिदा दिएको छ।

पुर्चौडी नगरपालिका–१ हाटस्थित प्रसिद्ध त्रिवेणी राताशिला धाममा गिरेगडा कफलखाना जात्रा लाग्ने भएकाले बिदा दिएको नगरपालिकाले सूचनामा जनाएको छ। 

पुर्चौडी क्षेत्रको मुख्य जात्राको रुपमा रहेको कफलखाना गिरेगडा जात्रामा स्थानीयहरुका साथै अन्यत्रका दर्शनार्थीहरु समेत आउने भएकाले दुई दिन सार्वजनिक बिदा दिइएको नगर प्रमुख दिपकबहादुर बमले बताए।

गिरेगडा कफलखाना जात्राको अवसरमा मंसिर ६ र ७ गते अर्थात बुधबार र बिहीबार पुर्चौडी नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा स्थानीय बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। हरेक वर्ष हरिबोधनी एकादशीको दिन गिरेगडा कफलखाना जात्रा हुँदै आएको छ। 

clock बुधबार ०६, मङि्सर २०८० ०६:३५

प्रतिक्रिया