कञ्चनपुरमा मार्ने धम्की दिएर रकम माग्ने दुई जना पक्राउ

  मङ्गलबार ०५, मङि्सर २०८० २०:०४

कञ्चनपुर । कञ्चनपुरमा ज्यान मार्ने धम्की दिँदै रकम माग गरेको आरोपमा प्रहरीले दुइै जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ घर भइ भीमदत्त नगरपालिका–३ मा बस्दै आएका नरेश साँउद र बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भएर महेन्द्रनगर बसपार्क पछाडि डेरा गरी बस्ने चन्द्रदेव जोशी रहेका छन्।

जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई मंगलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले उनीहरूले वेदकोट नगरपालिका–७ को लालपुर सहित कञ्चनपुर जिल्लाभर सर्वसाधारण तथा व्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम असुली गर्ने गरेको पाइएको बताए।

उनीहरूले फोन तथा म्यासेज गरेर ज्यान मार्ने धाक, धम्की दिँदै रकम माग गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी डाँगीले बताए।

clock मङ्गलबार ०५, मङि्सर २०८० २०:०४

प्रतिक्रिया