कैलालीमा १० बजेपछि मत गणना हुने

५ मंसिर २०७९, सोमवार

धनगढी, ५ मङ्सिर । कैलालीका पाँच वटै निर्वाचन क्षेत्रको मत गणना आज (सोमबार) १० बजेपछि सुरु हुने भएको छ ।

पाँच वटै निर्वाचन क्षेत्र अन्तर्गत रहेका पाँच वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभाका मत पेटिकाहरू हिजो राति नै सुरक्षित रूपमा पुगिसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

प्रजिअ थापाले मत गणना प्रारम्भ गर्ने सम्बन्धमा केही बेरमा बैठक बस्न लागेको जानकारी दिए । बैठकपछि मुख्य निर्वाचन अधिकृतको सल्लाहमा मत गणना सुरु हुने प्रजिअ थापाले बताए ।

Share This:
No News Were Available