राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई नगद ६ लाख दिने

  शनिबार ०४, चैत २०७९ १३:५६     विश्वास खबर

धनगढी । राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई नगद ६ लाख दिने भएको छ।

प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई जनही दुई लाख रूपैयाँ दिने भएको हो।

राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई लाख रूपैयाँ मुख्यमन्त्री कमलबहादुर शाहले घोषणा गरेका छन्।

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेको भन्दै सरकारले उनीहरूलाई नगद पुरस्कार प्रदान गर्न लागिएको हो। 

यस्तै टिममा परेका खेलाडी सन्दिप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन साउदलाई ५० हजार गरी ६ लाख दिने घोषणा गरिएको हो ।

clock शनिबार ०४, चैत २०७९ १३:५६     विश्वास खबर

प्रतिक्रिया