गोदावरी नगरपालिकाले अनुदानमा थारु आलुको बीउ वितरण गर्ने

  मङ्गलबार ३०, असोज २०८० १७:२५

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाले अनुदानमा थारु आलुको बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक बर्षको कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा थारु आलु वितरण गर्न लागेको हो ।

थारु आलुको बीउका लागि कार्तिक १३ गते सम्म निवेदन पेश गर्न किसान समुहहरुलाई आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्टद्धारा जारी सूचनामा उल्लेख छ ।

आलुको बीउ पाउनका लागि वडा कार्यालयको सिफारिस, कृषक समूह दर्ताको प्रतिलिपि, लालपूर्जाको प्रतिलिपि लगायतका कागजात आवश्यक पर्ने जनाइएको छ ।

clock मङ्गलबार ३०, असोज २०८० १७:२५

प्रतिक्रिया