इजरायलबाट थप १९ जना नेपाली फर्किँदै, गौरीफन्टा नाका भएर कैलाली भित्र्याउने तयारी

  मङ्गलबार ३०, असोज २०८० ११:५५

धनगढी । इजरायलमा विद्रोही समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ।

सरकारले भारतीय जहाजमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको उद्धार जहाजमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए।

परराष्ट्र मन्त्रालयले स्थानीय समयअनुसार तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याउने छ।

कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। उनीहरू मंगलबार बेलुकी ६र७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ।

उद्धार गरिएका नेपालीमा नन्दसिंह भुल, सुजेन्द्र खड्का,प्रतिभा रौनियार,अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ,जुनु गुरुङ,मौसमी पाख्रिन,प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत,अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ रहेका छन्।

clock मङ्गलबार ३०, असोज २०८० ११:५५

प्रतिक्रिया