बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते

  मङ्गलबार ३०, असोज २०८० ११:३७

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मेलौली भगवती मन्दिर नजिक मंगलबार बिहान म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीकै घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेका छन् ।

मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको हो । घाइतेहरुको  केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

clock मङ्गलबार ३०, असोज २०८० ११:३७

प्रतिक्रिया